Categories: समाचार

स्व: झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न सरकारको ध्यानाकर्षण

पोखरा ।
पोखरेली नवरत्न, सारङ्गी सम्राट स्वर्गीय झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ।
पोखराको बाटुलेचौरमा वि.सं १९९२ सालमा जन्मिएर नेपाली लोक गीत र संस्कृतिको क्षेत्रमा योगदान पुुर्याएका गन्धर्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराईएको हो। मन्त्री गुरुङ समक्ष संस्कृतिकर्मी रामबहादुर बानियाँले स्वर्गीय गन्धर्वले नेपाली लोक गीत र संगीतको क्षेत्रमा पुर्याएको योगदानको जानकारी गराउँदै, उहाँको स्मरण र योगदानको कदर स्वरूप हुलाक टिकट प्रकाशन गर्न आग्रह गरे । बानियाँले टिकट प्रकाशनका लागि गरिएको अनुरोध सहितको पत्र मन्त्री गुरुङलाई हस्तान्तरण गर्नुभयो। जवाफमा मन्त्री गुरुङले गन्धर्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न आफु सकारात्मक रहेको बताउँदै, केही महिना भित्रै यसको प्रक्रिया सुरु गरिने आश्वासन दिए ।
मन्त्री गुरुङलाई भेट्न संस्कृतिकर्मी बानियाँ सहित पोखरा १६ का पुर्व वडाध्यक्ष दानबहादुर बानियाँ, जीवनप्रसाद आचार्य, नेपाल गन्धर्व समुदाय विकास समाजका दिनेश गायक, सुनिल गायक लगायतका मन्त्री गुरुङ बसेको होटलमा पुगेका थिए। दर्जन भन्दा बढी लोकप्रिय गीतका सर्जक गन्धर्वले राष्ट्रिय स्तरका विभिन्न पुरस्कार तथा सम्मान पाएका छन्।
लोक संगीत र सारङ्गीको संरक्षणमा जीवन व्यतित गरेका गन्धर्वको वि.सं २०६२ मंसिर ६ गते ७१ वर्षको उमेरमा निधन भएको थियो।
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago