Categories: समाचार

गोरखामा तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रबद्र्वन मेला हुँदै

गोरखा । गोरखा चेम्बर अफ कमर्सले सदरमुकाममा ‘तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रबद्र्वन मेला–२०८२’ आयोजना गर्ने भएको छ । चेम्बरका अध्यक्ष रामस्वरुप श्रेष्ठका अनुसार मेला आगामी पौष २५ गतेदेखि माघ ५ गतेसम्म सदरमुकामको खेलकुद मैदानमा सञ्चालन हुनेछ ।

११ दिनसम्म चल्ने मेलाले गोरखाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा लिइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । मेलाको माध्यमबाट कृषि, स्थानीय उत्पादन, व्यापार व्यवसायलाई प्रबद्र्वन गर्ने र पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको उनले बताए ।

मेला आयोजना गर्न गोरखा नगरपालिकाले आधिकारिक स्वीकृति प्रदान गरिसकेको छ । चेम्बरका महासचिव अशोक राना मगरका अनुसार मेलासम्बन्धी राजश्व समेत नगरपालिकामा बुझाइसकिएको छ ।

यसअघि दशैँको अवसर पारेर दुई पटक मेला आयोजना गरिसकेको चेम्बरले यसपटक भने पौष महिनामा मेलाको तयारी गरेको हो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago