गोरखा । गोरखामा ग्रामिण विद्युतिकरण केन्द्रमा जडान गरिएको ट्रान्सफर्मर चोरी गर्ने प्रयासमा एक जना पक्राउ परेका छन् ।
आइतबार बेलुकी करिब ७ बजे सिरानचोक गाउँपालिका–२, झिम्रेक बनपालेस्थित श्री थालाजुङ गा.वि.स. घर्तिपानी खनालथोक ग्रामिण विद्युतिकरण केन्द्रमा राखिएको ५० के.भी क्षमताको ट्रान्सफर्मर फुटाई भित्रको तामाको तार लगायतका सामग्री चोरी गर्ने क्रममा एक युवकलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रौतहट जिल्ला गरुडा नगरपालिका–२ स्थायी घर भई हाल गोरखा नगरपालिका–१०, छेवेटारस्थित कबाड संकलन केन्द्रमा काम गर्ने २८ वर्षीय बलि सहनी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन् ।
उनका अनुसार विद्युतिकरण केन्द्रका प्रतिनिधि मार्फत चोरी उद्योग मुद्दामा जाहेरी दर्ता भई अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
यस घटनामा संलग्न अन्य व्यक्तिहरु फरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…