गोरखामा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

समाचार

गोरखामा चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरिएको छ ।

गोरखा नगरपालिका वडा नं ८ बस्ने बर्ष २१ को दिपेश भन्ने राकेश मजकोटीलाई  हिजो पक्राउ गरिएको हो । मजकोटी बिरुद्ध चोरीको मुद्दा दर्ता भएको थियो ।

उनलाई जिल्ला अदालत गोरखाले हिजो चोरी मुद्दामा ९ दिन कैद र रु ७ हजार जरिवाना तोकिएको थियो । तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा फरार भएका थिए । उक्त अभियोगलाई पक्राउ गर्नको लागि बिशेष टोली गठन गरी परिचालन गरिएको थियो । उनलाई प्रहरी द्धारा आज पक्राउ गरि कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको प्रहरी नायब उपरिक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *