अपराध

गोरखामा जातीय विभेद प्रकरणमा एक युवक पक्राउ

गोरखा । जातीय विभेद गरी पत्नीलाई हेला गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

धादिङको गजुरी गाउँपालिका–२, मलेखु छेपाङ बस्ने २२ वर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले गोरखा शहिदलखन गाउँपालिका–१, बक्राङकी मनिका परियारसँग विवाह गरी घरमा लगेपनि गर्भवती भएपछि दलित भएकै कारण देखाई निरन्तर हेला–अपमान गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

उनले जन्माएको छोरा सन्तानको जन्म दर्ता समेत नगरी विभेद गर्दै आएको उजुरी प्राप्त भएपछि गोरखा जिल्ला अदालतको अनुमति लिएर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार मिति २०८२ भदौ ८ गते आइतबार जिल्ला प्रहरी कार्यालय धादिङसँगको समन्वयमा गजुरी गाउँपालिका–६, राम्चेमा लुकीछिपी बसिरहेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको हो ।

गोरखा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago