गोरखामा जातीय विभेद प्रकरणमा एक युवक पक्राउ

अपराध समाचार

गोरखा । जातीय विभेद गरी पत्नीलाई हेला गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

धादिङको गजुरी गाउँपालिका–२, मलेखु छेपाङ बस्ने २२ वर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले गोरखा शहिदलखन गाउँपालिका–१, बक्राङकी मनिका परियारसँग विवाह गरी घरमा लगेपनि गर्भवती भएपछि दलित भएकै कारण देखाई निरन्तर हेला–अपमान गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

उनले जन्माएको छोरा सन्तानको जन्म दर्ता समेत नगरी विभेद गर्दै आएको उजुरी प्राप्त भएपछि गोरखा जिल्ला अदालतको अनुमति लिएर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार मिति २०८२ भदौ ८ गते आइतबार जिल्ला प्रहरी कार्यालय धादिङसँगको समन्वयमा गजुरी गाउँपालिका–६, राम्चेमा लुकीछिपी बसिरहेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको हो ।

गोरखा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *