गोरखा । पर्व सुधार अभियानअन्तर्गत गोरखा सहित तनहुँ, कास्की, चितवन, काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्रमा भोली (मंगलबार) दशैंको टीका–जमरा लगाएर विजया दशमी मनाइने भएको छ।
पर्व समय सुधार राष्ट्रिय समाज नेपालका सदस्य सचिव हरी नारायण मल्लका अनुसार तिथिअनुसार सोमबार नवमी र मंगलबार विजया दशमी पर्ने भएकाले टीका–जमरा लगाउने तयारी गरिएको हो। गोरखामा गोरखा र पालुङटार नगरपालिका साथै सिरानचोक गाउँपालिका–४, ५ र ६ का बासिन्दाले सामूहिक रुपमा टीका–जमरा लगाउने तयारी गरेका छन्।
पर्व सुधार राष्ट्रिय समिति गोरखाकी अध्यक्ष तुलसा मरहट्टाका अनुसार विद्यालय र गाउँस्तरमा सामूहिक टीका–जमरा तथा भोजभतेरको कार्यक्रम तय गरिएको छ। सिरानचोकका सर्वोदय निमावि, जनज्योति निमावि, धर्मावती मावि, मण्डली मावि, भद्रशीला प्रावि, चित्रेपोखरी मावि, नाम्रुकदेवी निमावि, गोरखा सदरमुकामको बालमन्दिर मावि र महेन्द्र ज्याति माविसहितका विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावकले सामूहिक टीका लगाउनेछन्।
२०६९ सालदेखि नै गोरखामा ब्राम्हण, नेवार लगायतका समुदायले एक महिना अगावै दशैंको टीका–जमरा लगाउँदै आएका छन्। हिन्दू धर्मावलम्बीले मान्ने मुख्य दशैं भने असोजमा पर्ने भएकाले उनीहरूले त्यसमा पनि सहभागिता जनाउने परम्परा रहेको छ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…