गोरखा प्रहरीले जेन–जी आन्दोलनको अवसर पारेर कारागार फोडी भागेका ६ जना कैदीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पक्राउ परेकामध्ये ५ जना कर्तब्यज्यान मुद्दाका र १ जना चोरी मुद्दाका रहेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएका कर्तब्यज्यान मुद्दाका कैदीहरू कास्की कारागारबाट भागेका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्गेन लामा, तेन्जिङ रिक्तेल लामा र राजेश विश्व सुनार हुन् । उनीहरू सबै कास्की कारागारमा थुनामा रहेका बेला आन्दोलनकै बेला भागेर गोरखा पुगेका थिए ।
त्यस्तै तनहुँ कारागारमा चोरी मुद्दामा रहेका विशाल उपरकोटीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई मजुवा देउराली प्रहरी चौकी र गोरखा सदरमुकामबाट पक्राउ गरिएको हो । हाल सबैलाई जिल्ला प्रहरी कार्यालय गोरखाको बन्दीगृहमा राखिएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन…
गोरखा । पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’ (NepobabyNepal) ट्रेन्ड तीव्र बनेको छ ।…
गोरखा । नेपाल जेसिजले गोरखा जेसिजलाई उत्कृष्ट शाखा घोषित गर्दै सम्मान गरेको छ । भदौ…
गोरखा । गोरखाको स्याउली बजारमा आज दिउँसो बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते…
पोखरा । गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक…
गोरखा । पर्व सुधार अभियानअन्तर्गत गोरखा सहित तनहुँ, कास्की, चितवन, काठमाडौं, ललितपुर र भक्तपुरका केही…