Categories: समाचार

गोरखामा कारागारबाट भागेका ६ कैदी नियन्त्रणमा, ५ कर्तब्यज्यान र १ चोरी मुद्दाका

गोरखा प्रहरीले जेन–जी आन्दोलनको अवसर पारेर कारागार फोडी भागेका ६ जना कैदीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पक्राउ परेकामध्ये ५ जना कर्तब्यज्यान मुद्दाका र १ जना चोरी मुद्दाका रहेका छन् ।

प्रहरीले नियन्त्रणमा लिएका कर्तब्यज्यान मुद्दाका कैदीहरू कास्की कारागारबाट भागेका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्गेन लामा, तेन्जिङ रिक्तेल लामा र राजेश विश्व सुनार हुन् । उनीहरू सबै कास्की कारागारमा थुनामा रहेका बेला आन्दोलनकै बेला भागेर गोरखा पुगेका थिए ।

त्यस्तै तनहुँ कारागारमा चोरी मुद्दामा रहेका विशाल उपरकोटीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई मजुवा देउराली प्रहरी चौकी र गोरखा सदरमुकामबाट पक्राउ गरिएको हो । हाल सबैलाई जिल्ला प्रहरी कार्यालय गोरखाको बन्दीगृहमा राखिएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago