गोरखा । गोरखा सदरमुकामस्थित ऐतिहासिक गोरखा दरबार संग्रहालयमा अवलोकन गर्न आउने पर्यटकहरूको संख्या यो वर्ष उल्लेख्य रूपमा बढेको छ। संग्रहालय प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्र १८ हजार ४५५ जनाले संग्रहालय अवलोकन गरेका छन्।
संग्रहालय प्रमुख जयनारायण कार्कीका अनुसार यो संख्या गत वर्षको सोही महिनाभन्दा करिब ३ हजारले बढी हो।
“गत वर्षको तुलनामा अहिले दर्शक संख्या निरन्तर बढ्दै गएको छ,” प्रमुख कार्कीले बताए।
गत आर्थिक वर्ष ०८१/०८२ को कार्तिकमा ७,६२० जना नेपाली विद्यार्थी, ७,४८२ जना नेपाली, ३ जना सार्कका नागरिक र ३५६ जना तेस्रो देशका नागरिकले अवलोकन गरेका थिए।
संग्रहालयका अनुसार यस आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म चार महिनामा कुल ३६ हजार ५०६ जनाले संग्रहालय अवलोकन गरिसकेका छन्।
लेखा शाखाका अनुसार संग्रहालयले कार्तिक महिनासहितको अवधिमा ८ लाख ३० हजार २१० रुपैयाँ राजस्व संकलन गरेको छ।
संग्रहालयको इतिहासमा गत वर्ष मंसिरमा सबैभन्दा धेरै २१ हजार २०१ जनाले अवलोकन गरेका थिए।
यस वर्ष कार्तिकमै अवलोकनकर्ता वृद्धि भएकाले मंसिरमा २५ हजारभन्दा बढी दर्शक पुग्ने अपेक्षा संग्रहालय प्रशासनले गरेको छ।
गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…
काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…
गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…
पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…