खेलकुद

एनपीएलमा म्याच फिक्सिङको ठूलो प्रयास विफल, १ करोडको ‘रनआउट डिल’ प्रस्ताव गर्ने दुई जना पक्राउ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीलाई म्याच फिक्सिङ गराउने ठूलो प्रयास भईरहेको खुलासा भएको छ। यस प्रकरणमा प्रहरीले २८ वर्षीय भारतीय नागरिक दिलप्रित सिंह र २४ वर्षीया बर्दिया–८ मगरागढकी, हाल चण्डीगढ बस्दै आएकी रेविका सिंह ठकुरीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार रेविकाले आफू स्पोन्सर खोजिदिने व्यक्ति भन्दै इन्स्टाग्राममार्फत ६–७ जना एनपीएल खेलाडीलाई सम्पर्क गरेकी थिइन्। उद्देश्य– खेलाडीसँग नजिकिएर म्याच फिक्सिङको प्रस्ताव अघि बढाउने। तीमध्ये एक खेलाडीले मात्र उनको म्यासेजमा प्रतिक्रिया दिए, र त्यसैबाट सम्पर्क अगाडि बढ्यो।

३० कात्तिकमा रेविका दिलप्रित सिंहलाई लिएर विशेष उद्देश्यसहित काठमाडौं आएकी थिइन्। त्यसपछि उनले प्रतिक्रिया दिएको खेलाडीलाई पुनः म्यासेज गरी आफू बसिरहेको होटलमै भेट्न बोलाइन्। खेलाडी बाहिर निस्कन कठिन हुने कारण भेट १ मंसिरमा होटलमै भयो।

भेटका क्रममा खेलाडीले “स्पोन्सर भनेको कसरी?” भनेर सोध्दा दुवैले वास्तविक प्रस्ताव राखे ।

म्याचमा रन आउट भएर आउट भएबापत १ करोड रुपैयाँ दिन्छौं।

अचानकको यस प्रस्ताव सुनेपछि खेलाडीले तत्काल अस्वीकार गर्दै घटना आफ्नो टिम व्यवस्थापनलाई जानकारी गराए। टिमले पनि ढिलाइ नगरी सोही दिन अपराध अनुसन्धान कार्यालय, टेकुलाई खबर गर्‍यो।

प्रहरीले खेलाडीले दिएको च्याट, म्यासेज र अन्य प्रमाणका आधारमा निगरानी बढायो। पर्याप्त प्रमाण जुटेपछि दुवै जनालाई लाजिम्पाटबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार दिलप्रित र रेविकाले मिलेर एनपीएलका खेलाडीलाई ठूलो रकम देखाइ रन आउट भएर आउट हुन प्रेरित गर्दै म्याच फिक्सिङ गर्ने प्रयास पूर्ण रूपमा प्रमाणित भइसकेको छ।

प्रहरीले दुवै विरुद्ध थप अनुसन्धान अघि बढाएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago