नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने पक्राउ

समाचार

नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने पक्राउ परेको छ ।

दिनेश बिष्ट भिनने बैतडी दशरथचन्द नगरपालीका वडा नम्बर ११ को ३५ बर्षको महेश राम लावड डोटीले पुर्बीचौकी गाँउपालिका वडा नं. ७ बस्ने देब बहादुर बि.क. का घर परिवारका मानिसलाई नेपाल आर्मीको भान्सेको लागि भर्ना खुलेको र जागिर लगाई दिन्छु भनी विभिन्न प्रलोभन देखाई आवस्यक कागजात माग गरी नेपाली सेनाका विभिन्न तालिम केन्द्र रहेका स्थान नजिक बोलाई आवेदन फारम भर्ने देखी विभिन्न चरणका परिक्षाहरुमा पास गराई जागिर लगाई दिन्छु भनी बिभिन्न मितिमा रु.४ लाख २० हजार रकम लिएको छ ।

रकम लिए पछी काठमाण्डौ बोलाएर उनी सम्पर्क बिहिन भएका छन् । अनुसन्धानकाे क्रम्मा उनी नेपाली सेनामा २०६२ देखी २०७३ साल सम्म जागिर गरेको खुल्न आएको छ । उनी सुर्खेत ब्यारेकबाट भगौडा खाली भएका थिए ।

उनलाई प्रहरी टोलीले असार २३ गते ( हिजो) जिल्ला बाँके राप्तीसोनारी गाउपालीका वडा नम्बर ९ शम्सेरगंजमा डेरा गरी लुकिछिपी बसी रहेको अवस्थामा फेलापारी पक्राउ गरिएकाे छ । उनलाई ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

साथै उनले सो भन्दा अगाडी समेत बिभिन्न स्थानमा ठेगाना र नाम मनोज रावत,रमेश सिंह बिष्ट,मनोज सिंह बिष्ट, दिनेश बिष्ट भनी फरक फरक बताउदै नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरु संग राम्रो सम्बन्ध छ भनी विभिन्न प्रलोभन देखाई सुर्खेत स्थित नेपाली सेनाको प्राविधिक पदमा भर्ना गरि दिने भनी एक जना महिला र कार्यालय सहयोगीमा भर्ना गरी दिने भनी एक जना पुरुषबाट समेत ३ लाख ठगी गरेको खुल्न आएको छ। तेसैले उनले कोही कसैलाई ठगी गरेको भए पहिचान गरी प्रहरीलाई सम्पर्क राख्न समेत अनुरोध गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *