गोरखा । गोरखा नगरपालिका–१२ भट्टफाँट र सहिद लखन गाउँपालिका–१ लाई जोड्ने लुदीखोला मोटरेबल पुलको शिलान्यास गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकास कार्यालय गोरखाको आयोजनामा शुक्रबार एक विशेष समारोहबीच गरेका छन्।
गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको यो पक्की पुल ७ करोड ५९ लाख ३० हजार ८५९ रुपैयाँ ३१ पैसा लागतमा गनेशकुन्द इन्फ्रास्ट्रक्चर एन्ड बिल्डर्सलाई ठेक्का दिइएको हो। पुल २०८४ असार २१ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पुल निर्माणपछि स्थानीयवासीको दैनन्दिन आवतजावत सहज हुने र गोरखाको प्रमुख धार्मिक स्थल मनकामना मन्दिर जाने भक्तजनका लागि यातायात अझ सुगम हुने अपेक्षा गरिएको छ।
शिलान्याससँगै क्षेत्रीय विकासका नयाँ सम्भावना खुलेको भन्दै स्थानीयवासीहरूले खुशी व्यक्त गरेका छन्।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…