Categories: समाचार

माछापुच्छ्रे गाउँ पालिकाको रिभानमा संरक्षण दिवस मनाइयो

२०८२ पुष ४ गते
पोखरा । कास्कीको माछापुच्छ्रे   गाउँ पालिका वडा नं। ५ रिभानमा विविध कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ ।

संरक्षण क्षेत्र व्यवस्थापन  समिति रिभान र माछापुच्छ्रे  गाउँ पालिका वडा नं। ५ रिभान, को आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा शुक्रवार विविध कार्यक्रमको आयोजना गरी संरक्षण दिवस मनाइएको हो । नेपाल सरकारले २०४९ साल साउन ५ गते राज पत्रमा संरक्षण दिवस मनाउने उल्लेख गरेसँगै एनटीएनसीले सहमति लिएर डिसेम्बर १० मा विविध कार्यक्रम आयोजना गरी संरक्षण दिवस मनाउँदै आएको छ ।

दिवसको अवसरमा माछापुच्छ्रे  गाउँ पालिका मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता, पालिकामा रहेका संरक्षण क्षेत्र व्यवस्थापन समिति स्तरीय सामूहिक नृत्य, विद्यालय स्तरीय चित्रकला, कृषि प्रदर्शन गरिएको थियो ।मावि स्तरीय हाजिर जवाफ प्रतियोगितामा निष्पक्ष मावि रिभान प्रथम, उदय मावि धम्पुस द्वितीय, गौरी शङ्कर मनिलाल मावि सैतिघट्टा तृतीय र शुक्ला गण्डकी मावि घाचोक सान्त्वना भएका थिए ।

सामूहिक नृत्य प्रतियोगिता तर्फ संरक्षण क्षेत्र व्यवस्थापन  समिति घाचोक प्रथम, संरक्षण क्षेत्र व्यवस्थापन  समिति सार्दीखोला द्वितीय, संरक्षण क्षेत्र व्यवस्थापन  समिति धम्पुस तृतीय, संरक्षण क्षेत्र व्यवस्थापन  समिति रिभान सान्त्वना हुँदा संरक्षण क्षेत्र व्यवस्थापन  समिति ल्वाङ घलेलले प्रोत्साहन पुरस्कार प्राप्त गरेको थियो ।

विद्यालय स्तरीय चित्रकला प्रतियोगिता तर्फ निष्पक्ष माविका सनोज विक प्रथम, उदय माविका खगेन रसाइली द्वितीय, महेन्द्र माविका आदित्य अधिकारी तृतीय र अन्नपूर्ण आधारभूत विद्यालयका ईशान तामाङ सान्त्वना भएका थिए ।

कृषि प्रदर्शनीमा मसला जन्य तर्फ माछापुच्छ्रे  गाउँ पालिका वडा नं। ५ का विष्णु क्षेत्री प्रथम, वडा नं। ५ कै सिता लामिछाने द्वितीय र  वडा नं। ७ का प्रेम सुनार तृतीय भए । फलफूल तर्फ वडा नं। ३ का देवीलाल शर्मा प्रथम, वडा नं। ५ का खिमलाल पौडेल द्वितीय, वडा नं। ७ का राम बहादुर भण्डारी तृतीय र वडा नं। १ की मनीषा गुरुङ सान्त्वना भए ।

त्यसै गरी तरकारी तर्फ वडा नं। ४ का अमृत अधिकारी प्रथम, वडा नं। ३ का जगदीश लम्साल द्वितीय र वडा नं। ३ कै तुलसी आचार्य तृतीय भए भने कृषि प्रदर्शनी तर्फ प्रेम सुनार र रिभान कृषि सहकारी  संस्था लिमिटेडले विशेष पुरस्कार प्राप्त गरे । कार्यक्रममा विजयीलाई नगद र सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यस्तै संरक्षणको विकासमा खेलेको योगदानको कदर स्वरुप विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा संरक्षण किसान सम्मानबाट  रिभानकी राधिका ढुङ्गाना, हरियाली कार्यक्रममा सहयोग पु¥याएका रिभान हुम्दीका देवीलाल लामिछाने र साबिक रिभान वन व्यवस्थापन उप समिति रहेका थिए । उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माछापुच्छ्रे  गाउँ पालिकाका अध्यक्ष मीन बहादुर गुरुङले संरक्षण क्षेत्रबाट आयआर्जन र राजस्व वृद्धि गर्न एक भएर लाग्नु पर्ने बताए । ‘यो पालिकामा रहेका वडाहरू मध्ये वडा नं। ६ बाहेक सबै संरक्षण क्षेत्रमा जोडिएको छ, नियमावलीमा केही संशोधन गर्नु पर्ने देखिएकाले म हरदम यसमा लागि रहेको छु’ उनले भने, ‘केही विमतिका बावजुत पनि हामीले यहाँका स्थानीयलाई आय आर्जनमा जोड्न र स्थानीय सरकारको राजस्व बढाउनका लागि हामी हातेमालो गरेर अगाडि बढ्नु पर्दछ ।’ उनले यस क्षेत्रमा किसानहरूलाई बाँदर आतंकले सताएकोले यसको समाधान खोज्नु पर्ने उल्लेख गरे ।

अन्नपूर्ण संरक्षण आयोजनाका आयोजना प्रमुख डा।रविन कडरियाले यस क्षेत्रमा संरक्षण आयोजनाले नाङ्गा पाखालाई हरियाली बनाउने स्थानीयलाई आय आर्जनमा जोड्ने, शिक्षा, सिँचाइ, पानी सरसफाईसँगै पछिल्लो समय पर्यटनको क्षेत्रमा पनि काम गरेको उल्लेख गर्दै आगामी दिनमा स्थानीयसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । माछापुच्छ्रे  गाउँ पालिकाकी उपाध्यक्ष सिता अधिकारीले संरक्षणको क्षेत्रमा यहाँ स्थानीयलाई दक्खल बनाउँदै एक भएर अगाडि बढ्नु पर्ने बताइन् ।

कार्यक्रममा माछापुच्छ्रे  गाउँ पालिका वडा नं। ९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्री, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङका प्रमुख लेखनाथ गौतम, रेन्जर सुदिप केसी, संरक्षण क्षेत्र व्यवस्थापन  समिति घाचोकका अध्यक्ष रविलाल पोख्रेल, संरक्षण क्षेत्र व्यवस्थापन  समिति ल्वाङ घलेलका अध्यक्ष ओमप्रकाश गुरुङ, राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान कास्कीका अध्यक्ष परशुराम अधिकारीलगायतले बोलेका थिए । उक्त अवसरमा वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीले संरक्षण सम्बन्धी सचेतना जगाउने नाटक प्रस्तुत गरेका थिए ।

संरक्षण क्षेत्र व्यवस्थापन  समिति रिभानका अध्यक्ष तोरण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं। ५ का वडा अध्यक्ष नारायण प्रसाद पौडेलले स्वागत र समितिका सचिव शिव प्रसाद भुसालले कार्यक्रम सञ्चालन गरेका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago