गोरखा।
गोरखा क्षेत्र नं–२ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले मिलन गुरुङ (चक्रे मिलन) लाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ। शनिबार बसेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले गुरुङसहित तीन जनाको नाम सिफारिस गरेको हो।
एमाले जिल्ला सचिव काजिराम रोकाका अनुसार मिलन गुरुङसँगै बाबुराम थापा र शशिकला पोखरेलको नाम सिफारिस गरिएको छ। क्षेत्र समन्वय समितिबाट सिफारिस भएका नामहरू जिल्ला कमिटीले रायसहित प्रदेश कमिटीमा पठाउने निर्णय भएको उनले बताए।
विवादास्पद पृष्ठभूमि रहेका गुरुङले युवापुस्ताको निरन्तर माग र दबाबका कारण उम्मेदवारी अघि सारेको बताएका छन्। २०५० सालदेखि एमालेमा सक्रिय रहेको दाबी गर्दै आएका उनले आफू समाजसेवामा निरन्तर संलग्न रहेको उल्लेख गरेका छन्। उनको सिफारिसप्रति प्रतिक्रिया दिँदै गोरखाका युवा नेता प्रविण अधिकारीले निस्वार्थ रूपमा राजनीति र समाजसेवामा लाग्ने व्यक्तित्वलाई स्वागत गर्नुपर्ने बताएका छन्।
तर गुरुङ आपराधिक गतिविधिसँग जोडिएका आरोपका कारण विवादमा छन्। प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनीविरुद्ध १२ भन्दा बढी मुद्दा चलेका छन्। पछिल्लो पटक गत साउन काठमाडौंको महाराजगञ्जबाट पक्राउ परेका उनी धरौटीमा रिहा भएका थिए।
गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राकका स्थायी बासिन्दा गुरुङले आफू समाजसेवामै समर्पित रहेको दाबी गर्दै गुण्डाको आरोप अस्वीकार गरेका छन्। एमालेबाट सिफारिस भए पनि अन्तिम उम्मेदवार को हुने भन्ने विषय भने पार्टीको आगामी निर्णयपछि मात्रै टुंगो लाग्नेछ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…