गोरखा। गोरखा नगरपालिका-१० छेवेटारस्थित खेलमैदानमा जारी प्रथम पृथ्वीनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा भगवती क्लब टोखालाई ३–० गोल अन्तरले पराजित गर्दै चित्लाङ फाइनल पुगेको हो। चित्लाङका माटिन बावु टुन्डेले ५३ र ७६औँ मिनेटमा दुई गोल गरे भने ९०औँ मिनेटमा चेतन कुमार लिम्वुले एक गोल थपे। टुन्डे खेलको प्लेयर अफ द म्याच घोषित भए।
यसअघि बुधबार आयोजक गोरखा स्पोर्ट्स काउन्सिललाई ३–० ले हराउँदै नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको थियो।
माघ २४ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी छन्। फाइनल खेल शनिबार छेवेटार खेलमैदानमा हुनेछ। विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…