प्रथम पृथ्वीनारायण गोल्डकपको चौथो खेलमा श्री भगवती क्लब विजयी

खेलकुद

गोरखा । प्रथम पृथ्वीनारायण गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा श्री भगवती क्लबले नेपाल एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

आज सम्पन्न खेलको दोस्रो हाफको ५७औँ मिनेटमा श्री भगवती क्लबका जर्सी नम्बर १७ का इडिया एनिक्टले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका श्री भगवती क्लबका जर्सी नम्बर ३ का दीपक थापा ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत भोलि हुने पहिलो सेमिफाइनल खेलमा आयोजक टोली र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेता टोलीले नगद ८ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *