खेलकुद

नेपाल पुलिस क्लबलाई प्रथम पृथ्वीनारायण गोल्ड कपको उपाधि

गोरखा — जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका वडा नं. १० स्थित छेवेटार खेलकुद मैदानमा सम्पन्न प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब ले जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा पुलिसले चित्लाङ एफसी लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो। पुलिसको जितका लागि ओसेन्द्र कटुवालले निर्णायक गोल गरे। खेलभरि चित्लाङ एफसीले पाएका केही महत्वपूर्ण अवसर सदुपयोग गर्न नसक्दा कटुवालको गोल नै खेलको एकमात्र तथा निर्णायक गोल बन्यो।

उपाधिसँगै नेपाल पुलिस क्लबले नगद रु ८ लाख प्राप्त गरेको छ भने उपविजेता चित्लाङ एफसीले रु ४ लाखमा चित्त बुझाएको छ।

प्रतियोगितामा चित्लाङ एफसीका सकल रेग्मी ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुँदै रु २५ हजार पुरस्कार प्राप्त गरे। समितिका अध्यक्ष प्रेम तामाङका अनुसार नेपाल पुलिसका राजिब राई उत्कृष्ट गोलकिपर घोषित भए भने सन्जित श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने। फाइनलका एक मात्र गोलकर्ता ओसेन्द्र कटुवाल ‘प्लेयर अफ द म्याच’ घोषित भए। उत्कृष्ट घोषित खेलाडी तथा प्रशिक्षकले जनही रु १५ हजार पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगितामा ए डिभिजनका ७ क्लब र आयोजक टोलीसहित कुल ८ क्लबको सहभागिता रहेको थियो। विजेताहरुलाई शनिबार नै पुरस्कार वितरण गरिएको थियो।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा युवकको हत्या आरोपमा चार जना पक्राउ

गोरखा नगरपालिका–७ छिपिनीटोलस्थित गोरखा घर (दोहोरी) नजिक कुटपिटबाट घाइते भएका एक युवकको मृत्यु भएपछि प्रहरीले…

56 years ago

काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, एक नेपाली सेनाका अमल्दार समेत

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। मृत्यु हुनेमध्ये…

56 years ago

राप्रपा कमजोर होइन, थप बलियो बन्छ : लिङ्देन

गोरखा, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र बसेर नेतृत्वको…

56 years ago

विश्व वातावरण दिवसमा गोरखा जेसीजद्वारा वृक्षारोपण

गोरखा, जेठ २२ । विश्व वातावरण दिवस २०२६ को अवसरमा गोरखा जेसीजले गोरखा नगरपालिका–३ स्थित…

56 years ago

वातावरण दिवसमा पोखरामा ६ हजार बिरुवा रोपियो

पोखरा, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिकाका विभिन्न स्थानमा ६ हजारभन्दा बढी…

56 years ago

नागेपोखरी संरक्षण र पर्यापर्यटन प्रवर्द्धनका लागि दुई दिने पदयात्रा सम्पन्न

गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट…

56 years ago