सल्यानमा चुनावी प्रचारका लागि प्रयोग भएको जिपबाट चामल र मदिरा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डा लगाइएको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपबाट दुई बोरा चामल, २१० बोत्तल मदिरा, दुई कार्टुन बियर र तीन कार्टुन खाने तेल फेला परेको हो।
घटनामा संलग्न भएको आशंकामा चालक सिद्धकुमाख गाउँपालिका–४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र बनगाड–कुपिण्डे–१ का ३७ वर्षीय मोहन बिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक बुढाथोकीले सामान बिसीकै रहेको र उनको आग्रहमा खैरागारतर्फ लैजान राखिएको बयान दिएका छन्।
निर्वाचनलाई लक्षित गरी सामान वितरण हुन सक्ने आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे रास्वपा सल्यानले हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१–००१ ख…
गोरखा, असार १९ । गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष…
गोरखा प्रहरीले सवारीसाधनमा जडान गरिएको कालो सिसा र कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्दै २४…
प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो…
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख…
काठमाडौं, असार ८ । असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजदेखि लुम्बिनी…