गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ। गोरखा नगरपालिकाको आयोजनामा हरमटारी खेलमैदानमा वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहसँगै धादिङको नीलकण्ठ नगरपालिका पनि सहभागी हुनेछन्।
प्रतियोगितामा सहभागी हुन प्रत्येक पालिकाले १० खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापकसहित १२ सदस्यीय महिला भलिबल टोली दर्ता गर्नुपर्नेछ। यसअघि वैशाख १०–१२ का लागि तय गरिएको प्रतियोगिता कक्षा १२ को परीक्षाका कारण अघि सारिएको हो।
प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ३४ हजार, दोस्रोले ६८ हजार, तेस्रोले ४० हजार र सान्त्वना हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…