स्वास्थ्य

प्रदेश अस्पताल गोरखामा सेवा सुधारबारे पत्रकारसँग अन्तरक्रिया

गोरखा, वैशाख १० २०८३। प्रदेश अस्पताल गोरखाले अस्पतालको सेवा प्रवाह, सुधारका प्रयास तथा आगामी योजनाबारे जानकारी गराउने उद्देश्यले “पत्रकारहरूसँग अस्पतालको सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम” आयोजना गरेको छ। कार्यक्रममा जिल्लाका पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा डा. गुणराज लोहनीको उपस्थिति रहेको थियो। अस्पतालसम्बन्धी विस्तृत जानकारी निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीले पावर पोइन्ट प्रस्तुतीकरणमार्फत प्रस्तुत गरेका थिए।

प्रस्तुतीकरणमा अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी, एक्स–रे, प्रसूति सेवा, शल्यक्रिया लगायतका सेवा प्रदान गर्दै आएको तथा ओपीडीमार्फत विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराइँदै आएको जानकारी दिइयो। पछिल्ला वर्षहरूमा सेवाग्राहीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको तथ्यांक पनि सार्वजनिक गरिएको थियो।

अस्पतालले सुरक्षित मातृत्व, परिवार नियोजन, हेमोडायलाइसिस, आयुर्वेद सेवा तथा सामाजिक सेवा इकाइमार्फत गरिब, असहाय तथा विपन्न नागरिकलाई सहुलियतमा सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

यसैगरी अस्पतालले सेवा विस्तार गर्दै १०० शय्यामा स्तरोन्नति गर्ने, ICU तथा SNCU सेवा विस्तार गर्ने, CT Scan र MRI सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ। यद्यपि जनशक्ति अभाव, भौतिक संरचनाको कमी, औषधि आपूर्तिमा समस्या तथा स्वास्थ्य बीमाको भुक्तानीमा ढिलाइ जस्ता चुनौतीहरू अझै कायम रहेको उल्लेख गरिएको छ।

कार्यक्रममा सहभागी पत्रकारहरूले उठाएका जिज्ञासा तथा सुझावलाई समेट्दै अस्पतालले सेवा थप प्रभावकारी र पारदर्शी बनाउने प्रतिबद्धता जनाएको छ। साथै, अस्पतालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago