गोरखा,असार २४ । गोरखा नगरपालिका–११ को १२ किलो क्षेत्रमा रहेको ओख्ले पाखा सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिएका अवैध संरचना हटाउन डिभिजन वन कार्यालय गोरखाले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ।
कार्यालयका अनुसार वन क्षेत्रभित्र रहेका अवैध संरचनाहरू खाली गराउन सम्बन्धित व्यक्ति तथा सरोकारवाला निकायमार्फत पटक–पटक अनुरोध गरिए पनि अटेर गरी निषेधित कार्य जारी राखिएको पाइएको छ। त्यसपछि सार्वजनिक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सबै अवैध संरचना हटाउन निर्देशन दिइएको हो।
डिभिजन वन कार्यालयले तोकिएको अवधिभित्र संरचना नहटाइए वन ऐन, २०७६ बमोजिम कानुनले व्यवस्था गरेअनुसार हदैसम्मको कारबाही गरिने चेतावनी दिएको छ।
कार्यालयले वन क्षेत्रको संरक्षण, अतिक्रमण नियन्त्रण तथा कानुनी व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सूचनाको पालना गर्न आग्रह गरेको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…