डिभिजन वन कार्यालय गोरखाको चेतावनी: ७ दिनभित्र अवैध संरचना हटाउनू

समाचार

गोरखा,असार २४ । गोरखा नगरपालिका–११ को १२ किलो क्षेत्रमा रहेको ओख्ले पाखा सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिएका अवैध संरचना हटाउन डिभिजन वन कार्यालय गोरखाले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ।

कार्यालयका अनुसार वन क्षेत्रभित्र रहेका अवैध संरचनाहरू खाली गराउन सम्बन्धित व्यक्ति तथा सरोकारवाला निकायमार्फत पटक–पटक अनुरोध गरिए पनि अटेर गरी निषेधित कार्य जारी राखिएको पाइएको छ। त्यसपछि सार्वजनिक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सबै अवैध संरचना हटाउन निर्देशन दिइएको हो।

डिभिजन वन कार्यालयले तोकिएको अवधिभित्र संरचना नहटाइए वन ऐन, २०७६ बमोजिम कानुनले व्यवस्था गरेअनुसार हदैसम्मको कारबाही गरिने चेतावनी दिएको छ।

कार्यालयले वन क्षेत्रको संरक्षण, अतिक्रमण नियन्त्रण तथा कानुनी व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सूचनाको पालना गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *