Categories: समाचार

गोरखामा बस र बोलेरो ठोक्किँदा ६ जना घाइते

गोरखा नगरपालिका–१३ पाँचकिलोमा सोमबार दिउँसो बस र बोलेरो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्।

दिउँसो करिब १:२० बजे सेराबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग २ ख ११४६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ०७५८ नम्बरको बोलेरो ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बोलेरो चालक सहिदलखन गाउँपालिका–१ बक्राङका ३४ वर्षीय विवश विकको छातीमा भित्री चोट लागेको छ। बोलेरोमा सवार २७ वर्षीय शंकर विश्वकर्माको मुखमा चोट लागेको छ भने उनकी १५ महिनाकी छोरी प्रभा विश्वकर्मा सामान्य अवस्थामा रहेकी छन्। बस चालक पालुङटार नगरपालिका–६ का करिब ३० वर्षीय मिलन गुरुङको बायाँ हातमा चोट लागेको छ। त्यसैगरी बसमा सवार गोरखा नगरपालिका–१३ देउरालीका ४२ वर्षीय कृष्णराम नराल र पालुङटार नगरपालिका–९ का ६५ वर्षीय होमबहादुर बानियाँ पनि घाइते भएका छन्।

सबै घाइतेलाई उपचारका लागि आँबुखैरेनी गाउँपालिका अस्पताल, तनहुँ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि सडक एकतर्फी सञ्चालनमा रहेको छ भने दुवै सवारी चालकका कागजपत्र प्रहरीले नियन्त्रणमा लिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago