गोरखा । गोरखाको स्याउली बजारमा आज दिउँसो बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा गोरखा नगरपालिका–१२ स्याउली बजारका ४३ वर्षीय रमेश संग्रौला रहेका छन् । प्रहरीका अनुसार दिउँसो करिब १२ः५० बजे आँबुखैरेनीबाट गोरखा बजारतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ५३४१ नम्बरको बस र ग.२६ प १७२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
घटनापछि संग्रौलालाई तत्काल तनहुँको आँबुखैरेनी अस्पताल लगिएको थियो । खुट्टामा गम्भीर चोट लागेकाले थप उपचारका लागि उनलाई राजधानीस्थित बी एण्ड बी अस्पताल लगिएको गोरखा प्रहरीले जनाएको छ ।