गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको छ।
आइतबार बिहान करिब ११ बजे स्थानीय हरि पोख्रेलको बारी जोती निस्कने क्रममा चितवन घर भई हाल सोही स्थानमा बस्दै आएका ४५ वर्षीय मोहनबहादुर बोहराले चलाएको ग १ त ७५४८ नम्बरको ट्याक्टर बारीको कान्लाबाट करिब ३० मिटर तल खसेको हो।
दुर्घटनामा चालक बोहराको अनुहार र छातीमा भित्री चोट लागेको थियो। अवस्था गम्भीर भएपछि उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको थियो।
घटनाको जानकारी पाएलगत्तै बिहान ११ः३० बजे प्रहरी चौकी छोप्राक गोरखाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइते बोहरालाई साहु प्रदीप पोख्रेलको सहयोगमा दिउँसो १२ः१० बजे प्रदेश अस्पताल गोरखा ल्याइएको थियो।
प्रदेश अस्पतालमा अवस्था गम्भीर रहेपछि थप उपचारका लागि दिउँसो १ बजे चितवनस्थित नेशनल सिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो ३ः४६ बजे चिकित्सकले बोहरालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…