गोरखामा बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु

समाचार

गोरखा सदरमुकाममा बसको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखा नगरपालिका–१२ दशकिलोकी ९५ वर्षीया सुनमाया लामा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

शनिबार दिउँसो करिब १:३० बजे काठमाडौंबाट बोर्लाङतर्फ जाँदै गरेको ना ५ ख ५०३० नम्बरको यात्रुबाहक बसले उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते लामालाई तत्काल प्रदेश अस्पताल गोरखामा उपचारका लागि लगिएकोमा दिउँसो २:४५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *