Categories: समाचार

राजनीतिको चमत्कारले थला पारेको नेपालको एकमात्र रबर उद्योग

विराज त्रिपाठी
२०७९ भाद्र १

नेपालमा विदेशी कम्पनीका सामान बेच्न स्वदेशी कम्पनी बन्द गराउने खेल खेल्ने नेपालका प्रमुख दलहरुलाई नेपालीहरुले आरोप लगाउदै आएको छ । उदाहरणका रुपमा गोरखकाली रबर उद्योग लाई दीईने गरिन्छ । स्थापनाको १४ वर्षसम्म उत्कृष्ट नतिजासहित सञ्चालनमा रहेको उद्योग राजनीति छिरेको करिब आठ वर्षमा बन्द नै हुन पुगेको थियो ।

बन्द हुनु पूर्व प्रतिदिन ३ सय ठूला र २५० साना टायर उत्पादन गर्दै आएको नेपालकै एकमात्र रबर उद्योग ८ वर्षदेखि बन्द छ । २०४९ सालमा स्थापना भएको उद्योगको इतिहासमा एक वर्षमात्र नाफामा रहेको थियो । कमजोर ब्यवस्थापन, मजदुर तथा कर्मचारीको आन्दोलन, कच्चापदार्थ अभावलगायतका कारण उद्योग नियमित रूपमा चल्न सकेको थिएन ।

उद्योगको गेटभित्र राजनीति छिराउने काम तत्कालिन नेकपा ९एमाले०ले गरेको थियो ।२०६२र०६३ ताका केमिकल ईन्जिनियर विनोदकुमार तिवारी उद्योगको महाप्रबन्धक थिए । डेढ वर्षदेखि काम गरिरहेका उनी गोरखकाली रबर उद्योगको कुशल महाप्रबन्धकमध्ये एक मानिन्थे । तर, जनआन्दोलनलगत्तै तत्कालीन नेकपा एमालेको जोडबलमा उद्योग बाहिरका लक्ष्मीदास मानन्धरलाई सञ्चालक समिति अध्यक्ष बनाइयो ।

राजनीतिक नियुक्ति पाएर गोरखकालीमा छिर्ने बित्तिकै मानन्धरले डेढ करोड भन्दा बढी नाफामा उद्योग संचालन गरिरहेका तिवारीलाई महाप्रबन्धकबाट हटाएर धनगढी डिपोमा सरुवा गर्ने चाँजोपाजो मिलाए । दशौं तहका महाप्रबन्धकलाई चौथो तहका कर्मचारीले सम्हाल्ने डिपोमा सरुवा गरिदिएपछि उद्योगमा अराजकताको बिउ रोपिएको उद्योग सम्बद्ध स्रोत बताउँछ ।

तिवारीलाई पन्छाएर विषयविज्ञ ईन्जिनियर महाप्रबन्धक हुने उद्योगमा साल्ट ट्रेडिङ लिमिटेडका पाँचौं तहका कर्मचारीलाई महाप्रवन्धकमा नियुक्त गरियो । उद्योगका एक कर्मचारी भन्छन्, ‘नयाँ महाप्रवन्धकमा विषयगत ज्ञान र क्षमता दुवै नभएपछि जे हुनु थियो, त्यही भयो ।’

मानन्धरपछि उद्योग मन्त्रालयका सहसचिव जीतबहादुर थापा गोरखकालीका अध्यक्ष भए । अध्यक्ष थापाले उद्योग सुधार गर्न तिवारीलाई महाप्रवन्धकमा फर्काउन गरेको प्रयासलाई सरुवा पत्र नै च्यातेर असफल पारिएको उद्योग स्रोतले भन्यो ।

‘त्यसपछि त उद्योगको केन्द्रीय कार्यालयमा नभई नहुने कर्मचारीलाई डिपोमा सरुवा गर्नेदेखि बजार प्रतिनिधिमा पार्टीका कार्याकर्ता नियुक्ति गर्नेसम्मका नकामहरु भए’, एकजना पूर्व कर्मचारी भन्छन्, ‘नाफामा रहेको उद्योग ठाडो ओरालो लाग्यो ।’

उनकाअनुसार, एमालेले उद्योगमा भित्र्याएको राजनीतिमा तत्कालीन माओवादी र नेपाली कांग्रेसले पनि भाग खोज्ने, नपाए असहयोग गर्ने गर्न थालेपछि उद्योग थला पर्दै गयो । २०७० साल सम्ममा त उद्योगले ५०० टायर उत्पादन गरोस् कि पाँच हजार सञ्चालक समितिलाई मतलबै नभए झैं देखिएको ती पूर्व कर्मचारी बताउँछन् । ‘कर्मचारीहरुले न प्रोत्साहन पाए न नसिहत’, उनी भन्छन्, ‘व्यवस्थापन नै अराजकताको नमूना बनेपछि सुधारको कुनै गुन्जायस रहेन ।’ अन्ततः कच्चा पदार्थ आयात गर्नु परेको, विदेशी टायरको तुलनामा उत्पादन महँगो भएको, बजार हिस्सा गुमेको जस्ता कारण देखाउँदै २३ चैत २०७१ बाट नेपालको एक मात्र रबर उद्योग गोरखकालीको उत्पादन बन्द भयो ।

उद्योग कुनै नेताको भिजनले बनेको थिएन । सुरुवाती समयमा नेपाल आयल निगम र साल्ट ट्रेडिङ्गका दुई हाकीम सवर्ण विक्रम थापा र इन्द्र बहादुर शाही का सोचले उक्त उद्योगको जन्म भएको थियो । तर उद्योगलाई मृत्यूको घाटमा पुर्याउने भने नेपालका प्रमुख राजनीतिक दल काँग्रेस, एमाले, माओबादी पार्टीले गरिदिए ।

प्रमुख राजनीतिक दलहरुले आफ्ना स्वार्थका मान्छेलाई अध्यक्ष र महाप्रबन्धक बर्नाएर पठाउथे जसरीे बहीनी ज्वाई लाई राजदुत, जेठी सासुलाई अध्यक्ष निर्देशक विचौलिया लाई लगानी बोर्डमा लग्ने गरिएको छ त्यस्तै रबर उद्योगमा पनि तेही प्रचलन थियो । क्षमता नभएकाहरु पनि नेताहरुलाई रिझाएर पदाधिकारी बन्ने प्रवीद्धी थियो ।

अध्यक्ष र महाप्रबन्धक भएर मात्रै उद्योग बन्द हुने अबस्था नआउन सक्थ्यो तर उनीहरुले काम गर्न गएको कर्मचारीहरुलाई विभिन्न दलका झण्डा बोकाएर दल पिछेका ट्रेड यूनियन लगाएको पुर्व कर्मचारीहरु भन्छन ।

हाल समयमा पनि चुनावी आउन लाग्दा उद्योग पुनः सञ्चालनमा लेराउने स्थानिय नेता, संसदका नेता आदीले भाषणमा जनता लाई मख्ख बनाउन घोषणा गरिएता पनि चुनाब पछी भने भाषणमा मात्रै सिमित बनाउने गर्दछ । उद्योग बन्द नहुदा कतिको राजनीति हुन्थ्यो त्यसको कुरा नगरी बन्द पश्चात पनि उद्योगमा राजनीति भने छुटेको देखिदैन । अब आउने संसदीय चुनाबमा टोल टोलमा नेताहरुको भाषणमा स्वदेशी सामानलाई प्राथभिकतामा लेराउनु पर्छ, विकासका विभिन्न लामा लामा ढाँचा तथा हिसाब देखाउन भने नेताहरु पछी पर्दैनन् ।

२०७१ देखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनका लागि केही समय अघि गण्डकी प्रदेश सरकारले छलफल गरेको थियो ।

गोरखकाली रबर उद्योग बन्द भएको आर्थिक वर्ष २०७१र०७२ मा २३ करोड २९ लाख ४३ हजार रुपैयाँको टायर आयात भयो । त्यसको तीनवर्ष पछि ९आव ०७५र७६ मा० आठअर्ब छकरोड ६३ लाख ३१ हजार रुपैयाँको टायर आयात भएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ । तर वर्तमानकै कुरा गर्ने हो भने नेपालले अहिले वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको टायर आयात गर्दै आएको छ । नेपालमा भारत, चीन, इटाली, अमेरिका, इजिप्ट, दुबइ, ब्राजिल, चेक रिपब्लिकदेखि दक्षिण अमेरिकी मुलुक निकरागुवासम्मका टायर आयात भएका छन् । उता नेपालको एकमात्र टायर उद्योग गोरखकाली रबर उद्योग बन्द अवस्थामा रहेको छ ।

गोरखकाली रबर उद्योग सञ्चालन हुने हो भने देशमा उद्योग स्थापना गर्न चाहनेहरुलाई ठूलो हौसला मिल्ने छ । सरकारले यदी साँच्चै उद्योगलाई प्राथमिकता दिने लक्ष्य लिएको हो भने आउँदो बजेटबाटै वा मन्त्रिपरिषद्को निर्णय मार्फत गोरखकाली रबर उद्योग खोल्ने घोषण गरोस् । घोषणासँगै ठोस कार्य योजनापनि आवश्यक पर्छ । होइन भने सरकारले घोषणा गरेका कयौं योजना जस्तै गोरखकाली रबर उद्योगका मेसिनमा थप खिया लाग्ने छ र उडन्ते गफमै सीमित हुनेछ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago