अपराध

नवलपुर जिल्ला अदालतबाट  पल शाहलाई बलात्कारको मुद्दाबाट सफाइ : राय किताबमा यस्ताे छ फैसलाकाे संक्षेप

शाहलाई जबरजस्ती करणी मुद्दामा सफाइ दिनुको कारणबारे राय किताबमा यस्ताे छ फैसलाकाे संक्षेप :

प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले अनुसन्धानको क्रममा र अदालतसमक्ष आफूले करणी गरेको कुरा होइन भनी इन्कार रही बयान गरे पनि उक्त मितिमा वारदात स्थल भनिएको होटेलमा आफू रहेको र सुटिङको क्रममा थाकेको कारण थोरै रक्सी सेवन गरेको भनी बयान गरेको, साथै मिसिलमा पेस गरिएको प्रतिवादी समेतको वार्तालाप रहेको अडियो क्लिपमा रहेको आवाज आफ्नो हो भनी स्वीकार समेत गरेको देखिन अदालतसमक्षको पीडित एवं जाहेरवालाको बकपत्रको बेहोरा हेर्दा प्रतिवादीले पीडित । नाम २०७८ गैँडाकोट ५(क) उपर जबरजस्ती करणी नगरेको जस्मिन ओझा महिलाले उक्साएको कारण र सामाजिक सञ्जालमा प्रतिवादी र पीडित बीच नकारात्मक कुराहरु आएकोले जाहेरी दिएको हो भनी बकपत्र गरेको देखिन्छ।

त्यस्तै पीडितले पनि सुरुमा गरेको कागजको ब्यहोरामा मेरो होइन, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन । मेरो बारेमा नकारात्मक समाचार आएकोले बुवाले जाहेरी दिनु भएको हो भनी आफू उपर करणीको कुनै कसुर नभएको भनी बकपत्र गरेको देखिन्छ ।

अब, जबरजस्ती करणी जस्तो जघन्य अपराधलाई सामान्य रूपमा हेरिनु हुँदैन। पीडित उपर प्रतिवादीबाट करणी लिनु दिनु भएको हो होइन? भन्ने प्रश्न नै मुख्य रूपमा रहेको छ। यसमा पीडितको उमेर नाबालिग रहेकोले जबरजस्ती करणी भएको हो या होइन भन्दा पनि प्रतिवादी र पीडित बिच शारीरिक सम्बन्ध स्थापित भएको हो होइन भन्ने सम्बन्धमा हेरिनुपर्ने हुन्छ। जबरजस्ती करणीमा यसको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम नै रहने र निजको स्वास्थ्य जाँच प्रतिवेदन नै मुख्य रूपमा रहने हुन्छ।

पीडितको स्वास्थ्य जाँच प्रतिवेदनबाट योनीको कन्याजालीमा निको भइसकेको पुरानो दाग रहेको भन्ने देखिन्छ। यस सम्बन्धमा पीडितका स्वास्थ्य जाँच परीक्षण गर्ने विशेषज्ञ चिकित्सकहरू डा. राम प्रसाद सापकोटा, डा. दीप्ति शर्मा र डा. सरिता जोशीले अदालतसमक्ष आई बकपत्र गर्दा योनीको कन्याजालीमा निको भइसकेको पुरानो दाग रहेको र दाग देखिनु धेरै कारणहरू हुने भनी लेखाई दिएको देखिन्छ भने पीडितले समेत अदालतसमक्षको आफ्नो बकपत्रमा आफूले साइकल चलाउने र घाँस दाउरा लगायतका कामहरू समेत गर्ने गरेको भनी लेखाई दिएको पाइन्छ।

वस्तुस्थिति मुचुल्कामा रहेका व्यक्तिहरू टंकनाथ घिमिरे र सूर्यबहादुर खत्री अदालतसमक्ष आई बकपत्र गर्दा समेत सुरुको वस्तुस्थिति मुचुल्का भएको ब्यहोरा बमोजिम नै घटनाको वास्तविकता आफूलाई थाहा नभएको, अनुसन्धानको क्रममा साक्षी बसिदिनु भनेको कारण साक्षी मात्र बसिदिएको हो भनी बकपत्र गरेको देखिन्छ।

त्यस्तै वादीका साक्षीहरू घटना विवरण कागज गर्ने भोजराज बस्ती सामिया जि.सी., सुलोचना कुँवर, काजिश श्रेष्ठ भन्ने छत्रबहादुर श्रेष्ठ, अर्जुन प्रसाद तिवारी. अनन्त कँडेल, दुर्गा बहादुर थापा, योगेश भन्ने योगेश शाह समेतका व्यक्तिहरुले अदालतसमक्ष आई बकपत्र गर्दा घटनाको बारेमा आफूहरूलाई थाहा नभएको, मिडियामा सुनेर मात्र थाहा भएको भनी बकपत्र गरेको देखिन्छ।

यसरी जबरजस्ती करणी जस्तो जघन्य अपराधमा वारदात भएको मितिबाट झन्डै १ वर्ष पछि जाहेरी दिनु पर्नाको कारण जाहेरवालाबाट स्पष्ट साथ खुलाउन सकेको देखिँदैन अदालतसमक्षको बकपत्रमा अरू कसैको उक्साहटमा लागी जाहेरी दिएको भनी उल्लेख गरेको र आफ्नै जाहेरी ब्यहोरा सी गरी बकपत्र गरेको देखिँदा वादी पक्षले यस्तो गम्भीर आरोपमा हल्का रूपमा लिई वस्तुनिष्ठ प्रमाण र आधार बिना नै नै अभियोग पत्र दायर गर्न आएको देखिन्छ। अभियोजन पक्षले अभियोग दायर गरेपछि आफूले दायर गरेको अभियोगलाई शंका रहित तवरबाट पुष्टि गरेको हुनुपर्दछ ।

प्रतिवादीले अनुसन्धानको क्रमबाट नै कसुर गरेको कुरामा पूर्ण इन्कार रही बयान गरेको अवस्था छ। तर पीडितसँग कुराकानी भएको, मेसेज आदानप्रदान भएको र मिसिल संलग्न पेस भएको अडियो क्लिपमा भएको छलफल र आवाज आफ्नो रहेको कुरा स्वीकार गरी बयान गरेको देखिन्छ ।

प्रतिवादीको इन्कारी बयानलाई जाहेरवाला एवं स्वयं पीडितको अदालत समक्षको बकपत्रबाट पुष्टि भइरहेको र वादी पक्षले शङ्कारहित तवरबाट करणीको वारदात स्थापित भएको भनी वस्तुनिष्ठ प्रमाणहरूबाट पेस गर्न सकेको देखिदनँ । केवल प्रतिवादी माथि करणीको आरोपमा अभियोग पत्र दायर गरेको अवस्था मात्र रहेका देखिन्छ। 

यसरी मिसिल संलग्न प्रतिवादीको मौका र अदालतको बयान, पीडित स्वयंले जाहेरी ब्यहोरा खण्डित हुने गरी अदालतमा उपस्थित भई गरेको बकपत्र, घटना विवरण कागज गर्न व्यक्तिहरू र मौकामा कागज गर्ने अन्य व्यक्तिहरूले यी प्रतिवादीले जबरजस्ती करणी गरेको भनी लेखाउन नसकेको अवस्थामा मिसिलभन्दा बाहिर गई अनुमानको आधारमा करणी लिनु दिनु भएको भनी तथ्य र मिसिलमा आधारित नभई प्रतिवादी उपर कसुर ठहर गर्न मिल्न देखिँदैन। 

पीडितको स्वास्थ्य जाँच परीक्षणबाट कन्याजाली च्यातिएको भनी उल्लेख भए पनि शारीरिक सम्पर्क वा करणीको कारणबाट नै कन्याजाली च्यातिएको भनी अनुमान गर्न मिल्ने अवस्था स्वयं पीडित कै इन्कारीबाट देखिन आएकोले प्रतिवादीले अभियोगमा दाबी गरेजस्तो पीडित परिवर्तित नाम २०७८ गैँडाकोट ५(क) उपर मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिमको कसुर अपराध गरेको नदेखिँदा आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखाबाट “धर्म नीति आधारित महाअभियान” सुरु हुँदै, शक्तिपीठ र गुरुकुल निर्माणमा जोड

गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा…

56 years ago

गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सम्पन्न, शुक्लागण्डकी (टिम बी) विजेता

गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।…

56 years ago

स्थानीय परिकार र संस्कृतिको प्रवर्द्धन गर्न गोरखामा महोत्सव

गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक…

56 years ago

गोरखामा वैशाख ३ देखि अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता सुरु

गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ।…

56 years ago

गण्डकीमा एसईई २०८२ : ४३ हजार बढी विद्यार्थी सहभागी, कास्की अग्रस्थानमा

चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा…

56 years ago

गोरखामा ‘दोस्रो जेसीज फुटसल प्रतियोगिता २०२६’ आयोजना हुने

गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन र सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै…

56 years ago