विराज त्रिपाठी
२ कार्तिक, २०७९ – बुधवार गोरखा नगरपालिका वडा १० विरिञ्चोक स्थित कालिमाटी कुवा नजिक एक जनाको झुन्डीएको अवस्थामा शव फेला परेको छ । करिब ४० देखि ४५ बर्ष उमेर भएको पुरुष अनुमानित मृत्यु भएको ४ देखि ५ महिना भइ सकेको जिल्ला प्रहरीले जनाएको छ । मृत्यु भएको धेरै समयका कारण सम्पुर्ण शरीर सडेको छ जसकारण उक्त व्यक्तिको पहिचान खुल्न सकेको छैन् । झुन्डीएर मृत्यु भएको देखिएता पनि कसरी मृत्यु भएको हो पोस्टमार्टम रिपोर्ट पछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ । घटना भएको घटना स्थलको अनुसन्धान पछि पोस्टमार्टमका लागि गोरखा अस्पतालमा लगिएको छ भने मृत्यु भएको पुरुषको साथमा मोबाइल तथा झोला फेला परेको छ ।
विरिञ्चोकका एक स्थानिय घाँस काट्न जाने क्रममा उक्त शरीर झुन्डिएको अवस्थामा देखा परेको जनाएको छ । उक्त स्थानियका अनुसार झुन्डिएर मृत्य भएको खबर दिन हतार हतार विरिञ्चोक वडा १० का वडा सदस्य तथा कार्यपालिका सदस्य सावित्रा थापा पुलामीलाई खबर गरेको र त्यस पस्चात वडा सदस्यका मदतले प्रहरीलाई खबर भएको बताएका छन ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…