गोरखामा १ जनालाई कर्तव्य ज्यानको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
मिति २०८० असार १५ गते गोरखा जिल्ला पालुङटार न पा वडा नं १ खोपलाङ स्थित भाइ कृष्ण सुनारले सञ्चालन गरेको एस एन एस एकिकृत कृषि तथा पशुपक्षी फर्ममा काम गर्ने जिल्ला ,भरतपुर महानगरपालिका चितवन वडा नं २० चन्द्रनगर बस्ने ३४ बर्षको बिशाल भनी बोलाइने आईतराम कामीको टाउकोमा चोट लागि घाईते अवस्थामा पालुङटार न पा १ खोपलाङका एस एन एस एकिकृत कृषि तथा पशुपंक्षी फर्ममा फेला परेको थियो ।
फर्मका सञ्चालकका भाईकृष्ण सुनारका अनुसार आईतराम कामीलाई तत्काल उद्धार गरी गोरखा मेमोरियल अस्पताल छेपेटार लगी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो । उपचारको क्रममा मिति असार १८ गते दिउँसो २ बजेको समयमा सोही अस्पतालमा उनको मृत्यु भएको थियो । घटनामा अनुसन्धान गर्दै जाँदा पालुङटार न पा वडा नं १ खोप्लाङकै ५३ वर्षिय पर्शुराम सुनारले सामान्य वादविदको क्रममा उनलाई दाउराले टाउकोमा प्रहार गरी घाईते बनाएको र सोही चोट पिडाको कारण उनको उपचारको क्रममा मृत्यु भएको खुल्न आएको छ ।
उक्त घटनाका प्रतिवादी पर्शुराम सुनारलाई असार १८ गते पक्राउ गरी कर्तव्य ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत गोरखाबाट म्याद थप अनुमती समेत लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
