गोरखामा झुन्डिएको अवस्थामा सडेको शब फेला

समाचार

विराज त्रिपाठी

२ कार्तिक, २०७९ – बुधवार   गोरखा नगरपालिका वडा १० विरिञ्चोक स्थित कालिमाटी कुवा नजिक एक जनाको झुन्डीएको अवस्थामा शव फेला परेको छ । करिब ४० देखि ४५ बर्ष उमेर भएको पुरुष अनुमानित मृत्यु भएको ४ देखि ५ महिना भइ सकेको जिल्ला प्रहरीले जनाएको छ । मृत्यु भएको धेरै समयका कारण सम्पुर्ण शरीर सडेको छ जसकारण उक्त व्यक्तिको पहिचान खुल्न सकेको छैन् । झुन्डीएर मृत्यु भएको देखिएता पनि कसरी मृत्यु भएको हो पोस्टमार्टम रिपोर्ट पछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ । घटना भएको घटना स्थलको अनुसन्धान पछि पोस्टमार्टमका लागि गोरखा अस्पतालमा लगिएको छ भने मृत्यु भएको पुरुषको साथमा मोबाइल तथा झोला फेला परेको छ ।


विरिञ्चोकका एक स्थानिय घाँस काट्न जाने क्रममा उक्त शरीर झुन्डिएको अवस्थामा देखा परेको जनाएको छ । उक्त स्थानियका अनुसार झुन्डिएर मृत्य भएको खबर दिन हतार हतार विरिञ्चोक वडा १० का वडा सदस्य तथा कार्यपालिका सदस्य सावित्रा थापा पुलामीलाई खबर गरेको र त्यस पस्चात वडा सदस्यका मदतले प्रहरीलाई खबर भएको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *