गोरखामा चेक अनादार मुद्दाका फरार अभियुक्त दुई महिलालाई पक्राउ गरिएको छ ।
गोरखा जिल्ला अदालतबाट चेक अनादार मुद्दामा २ बर्ष कैद र जरिवाना तोकिएको फरार रहेका अभियुक्तहरु पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय गोरखा बाट फैसला कार्यान्वयन बिशेष टोली गठन गरी परिचालन गरि फरार रहेका दुई महिलालाई पक्राउ गरिएको छ ।
जिल्ला स्याङ्जा गल्याङ नगरपालिका वडा नं.५ बस्ने बर्ष ४२ की कल्पना सुवाल श्रेष्ठलाई मिति २०७९।११।३० गते र सोही स्थानमा बस्ने बर्ष ४१ की माया क्षेत्रीलाई बुधबार पक्राउ गरी कैद असूल उपरको लागि जिल्ला अदालत गोरखामा पठाईएको र सोही अदालतको आदेशमा कल्पना सुवाल श्रेष्ठ र माया क्षेत्रीलाई कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्र.ना.उ. लिलाराज लामिछानेले जानकारी दिनुभएको हो ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…