गोरखामा कर्तव्य ज्यान कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

समाचार

गोरखा जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूर मुद्दामा ५ महिना १३ दिन कैद तोकिएको फरार रहेको अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय गोरखाको बिशेष टोलीले पक्राउ गरेको छ ।

फरार रहेका जिल्ला गोरखा भिमसेन थापा गा.पा. वडा नं.-८ बोर्लाङ बस्ने हिरा देवी श्रेष्ठलाई आइतबार पक्राउ गरिएको हो ।

पक्राउ परेकी श्रेष्ठलाई कैद असूल उपरको लागि गोरखा जिल्ला अदालत गोरखामा पठाई अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको प्र.ना.उ. लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *