Categories: समाचार

गोरखामा २ दिने व्यवसायीक क्षमता अभिवृद्धि सम्बन्धि तालिम हुँदै

१० असार, गोरखा । गोरखामा २ दिने व्यवसायीक क्षमता अभिवृद्धि तालिम हुने भएको छ । आईतबार गोरखा सदरमुकाम स्थित होटल इनमा पत्रकार सम्मेलन गर्दै असार ११ र १२ गते उक्त तालिम हुने र तालिमको सम्पूर्ण तयारी भएको आयोजले जनाएको छ । उक्त तालिम पहिलो पटक वाग्लुङमा भएको थियो भने गोरखामा दोस्रो पटक हुन लागेको हो ।

गण्डकी प्रदेश भरीका होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघ, गण्डकी प्रदेशको आयोजकतामा र गोरखा होटल संघ गोरखाको सह–आयोजकतामा उक्त तालिम हुन लागेको हो । तालिमको समुद्घाटन गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने र समापन गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले गर्ने होटल व्यवसायी महासंघका अध्यक्ष अर्जुन चोखालले जानकारी दिए ।

दुई दिन सम्म चल्ने उक्त तालिममा २ जना प्रशिक्षकहरुले सात वटा सेसनमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । प्रशिक्षकहरु होटल म्यानेजमेन्ट कलेजका प्रधानध्यापक प्रकाश रेग्मी र गण्डकी टेलिभिजनका घनश्याम पाण्डेले दिइने प्रशिक्षणमा गुणस्तरीय सेवा प्रवाह, आर्थिक तथा वित्तीय साक्षरता, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारी विचको सम्बन्ध, सरसफाई तथा पोषाक, व्यवसायको प्रमोसन, स्थानीय उत्पादनको व्यवसायीकरण लगायतका शिर्षकमा हुने अध्यक्ष चोखालले बताए ।

त्यस्तै उक्त तालिममा गण्डकी प्रदेश भित्रका विभिन्न जिल्लाका करिब १०० जना व्यवसायीहरुको सहभागिता रहने कार्यक्रम संचालक देवेन्द्र लम्सालले जानकारी दिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago