विराज त्रिपाठी
गोरखा । ‘लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे’ को दोस्रो क्याबिनेट बैठक गोरखामा हुने भएको छ । उक्त बैठक ८ बर्ष पछी गोरखामा हुन लागेको हो ।

लायन्स क्लब अफ गोरखा, लायन्स क्लब अफ गोरखा आरुघाट, लायन्स क्लब अफ गोरखा कालिका, लायन्स क्लब अफ गोरखा सिटी र लायन्स क्लब अफ गोरखा तारानगरको संयुक्त आयोजनामा हुन लागेको बैठकमा करिव सात सय सहभागी हुने कार्यक्रम निर्देशक शित्तलकाजी मास्केले बताए ।
बैठकमा गोरखासँगै तनहूँ, नुवाकोट, बाग्लुङ, पोखरा, काठमाण्डौ लगायतका जिल्लाबाट लाइन्सका पदाधिकारी तथा सदस्यहरुको सहभागी हुने छन् ।
‘२८ गते बेलुकी होटल मिराकलमा प्रि क्याविनेट बैठक हुन्छ,’ उनले भने, ‘त्यो बैठकमा लायन्स क्लब अन्तराष्ट्रिय क्याविनेट पदाधिकारी सहित करिव तीन सय जना सहभागी हुन्छन् ।’ असोज २९ गते गोरखा संग्रहालय परिसरमा बिहान ९ बजेबाट क्याबिनेट बैठक शुरु हुने जानकारी गराउँदै उक्त बैठकमा डिष्ट्रिक ३२५ जे अन्तरगतका १ सय १० क्लबका बिभिन्न पदमा रहेका करिव सात सय जनाको सहभागीता रहने मास्केले बताए ।

बैठकले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पु¥याउने अपेक्षा आयोजकको छ । कार्यक्रम अवधिभर लायन सदस्यहरुलाई नेतृत्व बिकास सम्बन्धी बिभिन्न तालिम पनि संचालन हुने बताइएको छ । साथमा गोरखा जिल्लामा रहेका बिभिन्न जातजातीको पहिचान झल्कने सांस्कृतिक प्रस्तुती पनि रहने छ । कार्यक्रम सम्पन्न गर्न २८ लाख भन्दा बढी रकम लाग्ने अनुमान आयोजकको छ ।
