गोरखामा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई विहिबार पक्राउ गरेको छ ।
भिमसेन थापा गाँउपालिका वडा नं. २ का २४ बर्षीय ठाकुर सुनारले वडा नं. ४ घोप्टे चौतारा बस्ने १९ बर्षकी प्रतिमा सुर्खेती सँग विवाह गरेको जाहेरीका आधारमा उनीहरु दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले बताए ।
एसपी श्रेष्ठका अनुसार सुनारकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दरखास्त दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
त्यस्तै उनीहरु विरुद्ध बहु बिवाह कसूर शीर्षकमा मुद्दा दर्ता गरी आज जिल्ला जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…