गोरखामा जबरजस्ती करणी गरेको आरोपमा पालुङटार नगरपालिका वडा नं. २ क्योरेनी कोलहालेका टेक बहादुर राना पक्राउ परेको छ ।
उनी माथी गत १३ गते बुधबारको दिन सोही स्थानकी १६ वर्षीय नाबालिक माथी करणी गरेको आरोप छ । करणी गरेको भन्ने जाहेरी दरखास्त भएपछि विहीबार रानालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनी विरुद्ध शुक्रबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको गोरखाका एसपी अनुपम श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…
काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…
गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…
पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…