Categories: समाचार

बर्खा लागे सँगै गोरखाको बेनिघाट आरुघाट लार्के सडकको विभिन्न खण्डमा सडक अबरुद्ध

प्रतीक्षा आले

असार २९, बर्खा लागे सँगै बेनिघाट आरुघाट लार्के सडकको विभिन्न खण्डमा पहिरो खसेर सडक अबरुद्ध भएको छ ।

धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म जसोतसो जिप पुगेपनि अन्य सडक भने अबरुद्ध भएको पालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो । उहाँका अनुसार बर्खाका कारण पालिककाको अधिकांश खण्डमा पहिरो खसेर सडक अबरुद्ध बनेको छ । जसकारण आवतजावतमा समस्या परेको छ । “सडक अबरुद्ध भएकाले उपचार गराउन जान बिरामीलाई समस्या परेको छ”, उहाँल भन्नुभयो, “गम्भिर बिरामी भएको अवस्थामा सबै लागी परेर सदरमुकामसम्म पुर्याउने व्यवस्था मिलाएका छौँ । ” पालिका कार्यालयले माछाखोलासम्म पुग्ने सडक भने नियमित मर्मत गर्दै आएको छ । पहिरो पन्छाउने मेसिन् पालिकासँग उपलब्ध नभएकाले भाडामा मेसिन चलाउँदै आएको गुरुङले बताउनुभयो । बर्खायामभरि सडक अबरुद्ध भएतापनि पालिकासँग पर्याप्त खाद्य सामग्री रहेको गुरुङले जानकारी दिनुभयो ।

यस्तै पहिरोका कारण उतरी गोरखाको चुमनुब्री गाउँपालिका जाने सडक अबरुद्ध बनेको छ । ५ दिनदेखि पहिरोका कारण उक्त खण्ड अबरुद्ध बनेको हो । यारु, कालो भिर, खोला बेसि लगाएतका मुख्य खण्डमा पहिरो जानाले आवतजावतमा समस्या रहेको स्थानिय गणेश कार्कीले बताउनुभयो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago