असार ३१ । गोरखामा अबैध रुपमा नाले भरुवा बन्दुक राखेको आरोपमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलिले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शुक्रबार दिउँसो करिब ३ बजे शहिदलखन गाउँपालिका वडा नम्बर ९ नामजुङमा अवैध रुपमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा २४ बर्षका सन्दिप भुजेल, ३३ बर्षका पर्वत बाबु थापा र ४८ बर्षका कुल बहादुर घर्तीको घरबाट एक/एक थान नाले भरुवा बन्दुक बरामत गरिएको जनाएको छ ।
उनीहरुलाई हातहतियार तथा खरखजना कसूर मुद्दामा दर्ता गरी असार ३१ गते आईतबार जिल्ला अदालत गोरखामा पेस गरिएको र जिल्ला अदालतबाट हिरासतमा राखि अनुसन्धान गर्न म्याद थपको अनुमती लिई थप अनुसन्धान भई रहेको प्रहरी नायब निरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिएका छन ।
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…