साउन ७ । विभिन्न डर-त्रास, धाक-धम्की दिई जबरजस्ती करणी गर्ने पालुङटारका एक जना पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार साउन ३ गते करिब राती ११:५५ बजेको समयमा गोरखा पालुङटार नगरपालिका वडा नं.६ स्थित जुडीखोलामा ३० बर्षकि महिलालाई २७ बर्षका नरेश तामाङले विभिन्न डर-त्रास, धाक-धम्की दिई जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा रहेको जनाएको छ ।
पीडित मार्फत जाहेरी दरखास्त प्राप्त भई साउन ५ गते तामाङलाई पक्राउ गरी जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दामा साउन ७ गते जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी थप अनुसन्धान गर्न अनुमती लिईएको प्रहरी नायब निरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिएका छ्न । उक्त घटनाको थप अनुसन्धानको कार्य भइ रहेको समेत श्रेष्ठले बताएका छ्न ।
गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा…
गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।…
गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक…
गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ।…
चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा…
गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन र सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै…