Categories: समाचार

गोरखामा दुई नाबालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ति कारागार चलान

२०८० चैत ५, सोमबार


गोरखा । दुई नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने गोरखाका एक पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।


७ वर्षे र ९ वर्षे दुई नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा नगरपालिका वडा नम्बर १४ सलाङगिरीका सिताराम भन्ने दल बहादुर विश्वकर्मालाई गोरखा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि सोमबार जिल्ला कारागार गोरखा पठाइएको गोरखाका प्रहरी प्रवक्ता तथा डिएसपी रमेश कुमार श्रेष्ठले बताए ।

गत फागुन ९ गते दुई नाबालिकालाई करिब बिहान ११ बजे फकाई फुलाई सलाङगिरी स्थित झरौटे धारा वनमा लगी बलात्कार गरेको आरोप लगाउदै पीडित नाबालिकाहरुको आमाले फागुन १० गते उनीविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरीले फागुन १० गते पक्राउ गरि फागुन ११ गते जबर्जस्ती करणी मुद्दा दर्ता गरेर गोरखा जिल्ला अदालतबाट विश्वकर्मा विरुद्ध जबरजस्ती करणी उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गराएको थियो ।

दुई नाबालिकाहरुलाई जबरजस्ती करणी अनुसन्धान पश्चात गोरखा जिल्ला अदालतले चैत ५ गते सोमबार विश्वकर्मालाई पुर्पक्षको लागि कारागार थुनामा पठाउन आदेश दिएको हो।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago