२०८१ बैशाख १४
गोरखा । गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखा नगरपालिका– ११ चौधकिलो स्थित गोरखा आँबुखैरेनी सडकखण्डमा गोरखाबाट बाह्रकिलो तर्फ जाँदै गरेको ग. १३ प.९३२५ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठका अनुसार दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक सिरानचोक गाउँपालिका-७ बस्ने मोटरसाइकल चालक ४५ वर्षीय अशोक गहतराजको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
शुक्रबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा गहतराजलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर गोरखा अस्पताल गोरखामा ल्याइएको थियो । तर, ४:१० बजे अस्पतालले उपचारको क्रममा गहतराजको मृत्यु भएको घोषणा गरेको प्रवक्ता श्रेष्ठले बताए ।
मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा गहतराजको श्रीमती सिता गहतराज पनि घाइते भइ सोही अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ।
गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट…
पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…
गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…
गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…
गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…
गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…