बिराज त्रिपाठी
गोरखा, २०८१ साउन १४ गते । डिभिजन वन कार्यालय गोरखाले जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समितिलाई र तीन वटा कबुलियतीबन समुहलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा वन संरक्षणमा जिल्लामा अब्बल ठहरिएका सामुदायिक वन उपभोक्ता समितिहरू र कबुलियतीबन समुहहरुलाई नगद सहित पुरस्कृत सम्मान गरिएको हो ।
सामुदायिक वनको संरक्षण, व्यवस्थापन, सहभागिता र संस्थागत सुधार गतिविधिहरूमा आधार मानेर पाँच सय १३ सामुदायिक वन उपभोक्ता समितिमध्ये र दुई सय ८७ कबुलियतीबन समुहमध्ये मूल्याङ्कनका आधारमा तीन वटा उपभोक्ता समितिलाई र तीन वटा कबुलियतीबन समुहलाई उत्कृष्ट वनका रूपमा पुरस्कृत गरिएको डिभिजन वन कार्यालयका प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।
थाकलडाँडाँ सामुदायिक वन उपभोक्ता समिति भिमसेनथापा गाउँपालिका-६ लाई प्रथम, लक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समिति गोरखा नगरपालिका-१३ लाई द्वितीय र कालिका सामुदायिक वन उपभोक्ता समिति पालुङटार नगरपालिका -७ लाई तृतीय पुरस्कारबाट सम्मान गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले बताए ।
यस्तै, पिपलडाँडाँ कबुलियतीबन समुह गण्डकी गाउँपालिका-१ लाई प्रथम, बिमिरे खाल्डो (ग)कबुलियतीबन समुह भिमसेनथापा गाउँपालिका-१ लाई द्वितीय र आरनडाँडाँ कबुलियतीबन समुह अजिरकोट गाउँपालिका-४ लाई तृतीय पुरस्कारबाट सम्मान गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी पौडेलले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगर, कोष तथा लेखा नियन्त्रकका प्रमुख महेन्द्र प्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ गोरखा शाखाका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल र डिभिजन वन कार्यालयका प्रमुख शाण्डिल्यले प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार ५ सय, ५ हजार ५ सय र ३ हजार ५ सय नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
कार्यक्रममा जिसस प्रमुख थापा र कोलनिका गोरखा प्रमुख भण्डारीले वन संरक्षण अभियानमा उपभोक्ता समितिहरू र बन समुहको महत्त्वपूर्ण योगदान रहने बताए । उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र बन समुहहरुलाई पुरस्कारले सम्मान गर्ने कार्यले वन संरक्षण कार्यमा थप हौसला मिल्ने बताए ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…