सामाजिक

गोरखाका नेवार समुदायले जूनुमा मकै सुकाउने पर्व (सकिमना पुन्ही) मनाए

विराज त्रिपाठी


३० कार्तिक २०८१, शुक्रवार,

गोरखा । कार्तिक शुक्ल पूर्णिमाको दिन शुक्रबार साँझ गोरखा सदरमुकामका नेवार समुदायले मकै सुकाउने पर्व (सकिमना पुन्ही) सामूहिक रुपमा धुमधामका साथ मनाएका छन् । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समिति गोरखाको पहलमा शुक्रबार राति गोरखा नगरपालिका–६ ठूलो आँगनमा जुनको प्रकाशमा अन्न सुकाएर पर्व मनाइएको हो । घरघरबाट भुटेको मकै एकै ठाउँमा जम्मा गरेर ठुलो आँगनमा मान्द्रो बिछ्याएर जूनको प्रकाश पर्ने गरी सुकाईएको थियो।

गोरखाको ठुलो आगनमा जूनमा मकै सुकाईँदै। तस्बिरः विराज त्रिपाठी

‘कार्तिक शुक्ल पूर्णिमाको दिन अमृत वर्षा हुन्छ भन्ने धार्मिक मान्यता छ’ ऐतिहासिक क्षेत्र संरक्षण बिकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले भने ‘यसरी सुकाएको अन्नमा चन्द्रमाबाट अमृत वर्षा हुने र यी अन्न प्रसादको रुपमा प्रयोग गरिन्छ।’ भुटेको मकै सँगै भटमास, केराउ चना, लगायतका गेडागुडी, जुनेलो, बदाम, सखरखण्ड, सेल रोटी लगायत बिभिन्न फलफुल पनि सँगै राखिन्छ। सुकाएका यी खानेकुरा प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ। कतिपयले भने घरमा रहेको अन्नमा समेत मिसाउँछन्।

उनका अनुसार पूणिर्माको दिन जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र पाचन प्रणाली बलियो हुने विश्वाससमेत रहेको छ । ‘पहिले घरघरमा अन्न सुकाएर मनाउथे, पछि टोलटोलमा हुन थाल्यो, २०७६ सालबाट सामूहिक रुपमा मनाउन थालेका छौं,’ उनले भने ।

लोप हुन लागेको परम्परा जर्गेनाका लागी पनि सामूहिक रुपमा पर्व मनाउन थालिएको नेवार समूदायको भनाइ छ ।

समितिको अगुवाईमा बाजागाजा सहित बिभिन्न धार्मीक परम्परा झल्कने गरी यस पटक मकै सुकाइएको थियो। खैँजेडी, पञ्चेबाजा, धिमे बाजाको साथमा ठुलो आगनमा शुक्रबार मकै सुकाइयो।नाचगान र बाजागा सहित मकै सुकाउने पर्वलाई नेवार समुदायले उत्सवको रुपमा मनाएका थिए।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा वृद्ध महिलाको गरगहना लुट्ने आरोपमा बुहारी पक्राउ

गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–४ ताक्लुङ, बाँझोगरामा ८५ वर्षीया दिलमाया रानाको गरगहना लुटिएको घटनामा प्रहरीले…

57 years ago

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती वैधानिक बनाउने विधेयक गण्डकी प्रदेशसभाबाट पारित

पोखरा । गण्डकी प्रदेशसभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने…

57 years ago

पालुङटारका ४ हजार ५८२ सामुदायिक विद्यालयका विद्यार्थीको दुर्घटना बिमा

गोरखा । पालुङटार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीको सामूहिक दुर्घटना…

57 years ago

गोरखामा ट्रामाडोलसहित दुई जना पक्राउ

गोरखा प्रहरीले ट्रामाडोल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बिहीबार…

57 years ago

डिभिजन वन कार्यालय गोरखाको चेतावनी: ७ दिनभित्र अवैध संरचना हटाउनू

गोरखा,असार २४ । गोरखा नगरपालिका–११ को १२ किलो क्षेत्रमा रहेको ओख्ले पाखा सामुदायिक वन क्षेत्रभित्र निर्माण…

57 years ago

२०७४ सालदेखि निरन्तर पूर्णखोप सुनिश्चितता कायम गर्दै आएको गोरखा पुनः घोषणा

गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।…

57 years ago