गोरखा । गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ४, गैरागाउँमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा ७० वर्षीय खुन्ते सार्की रहेका छन्। उनी आफ्नै बारीमा हलो बनाउनका लागि चिलाउनेको रुख काट्न गएका थिए। तर, अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। खोजी गर्ने क्रममा करिब ७ बजे सोही स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
अनुसन्धानका क्रममा उनले काटेको रुखको हाँगा बिजुलीको नाङ्गो तारमा छोइएको र सोही कारण करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता इन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन् ।
घटनाको जानकारी पाउनेबित्तिकै स्थानीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…