गोरखामा करेन्ट लाग्दा एक वृद्धको मृत्यु

समाचार

गोरखा । गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ४, गैरागाउँमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा ७० वर्षीय खुन्ते सार्की रहेका छन्। उनी आफ्नै बारीमा हलो बनाउनका लागि चिलाउनेको रुख काट्न गएका थिए। तर, अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। खोजी गर्ने क्रममा  करिब ७ बजे सोही स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

अनुसन्धानका क्रममा उनले काटेको रुखको हाँगा बिजुलीको नाङ्गो तारमा छोइएको र सोही कारण करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता इन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन् ।

घटनाको जानकारी पाउनेबित्तिकै स्थानीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *