गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नं. ३ खोर्लाबेशीस्थित मनासलु पद यात्रा गर्दै रहेका एक अमेरिकी नागरिकको गाईड, ५४ वर्षीय सार्की शेर्पाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार इन्फो नेपाल ट्रेकिङ्ग एजेन्सी मार्फत मनासलु पद यात्रामा आएका शेर्पा हिँड्दा अचानक ढलेका थिए । ढल्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो, जसका कारण उनलाई उपचारको लागि धार्चे आधारभूत अस्पताल खोर्लाबेशी ल्याइएको थियो। चिकित्सकको प्रयास भए तापनि, ९:५० बजे उनको मृत्यु भएको पुष्टि गरिएको छ।
घटनाको बारेमा इलाका प्रहरी कार्यालय आरुघाट गोरखा र प्रहरी चौकी माछीखोला गोरखाबाट टोली खटिइ अनुसन्धान सुरू गरिएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…
पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…
गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…
गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–४ ताक्लुङ, बाँझोगरामा ८५ वर्षीया दिलमाया रानाको गरगहना लुटिएको घटनामा प्रहरीले…
पोखरा । गण्डकी प्रदेशसभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने…