गोरखा । शहीद लखन गाउँपालिका–७, बुङकोट लाई यही वैशाख २३ गते गाउँपालिका भित्रकै “उत्कृष्ट वडा” घोषणा गरिएको थियो । पुरस्कार स्वरूप प्राप्त ५ लाख रुपैयाँ बजेटबाट “खाब्दि भञ्ज्याङदेखि वडा कार्यालयसम्मको बाटो ढलान तथा स्तरोन्नती” योजना कार्यान्वयन हुने भएको छ।
उक्त योजना कार्यान्वयनका लागि सञ्जिता श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ भने मदन प्रसाद लम्साल संयोजक रहेको ५ सदस्यीय अनुगमन समिति समेत बनाइएको छ।
वडा अध्यक्ष शरण श्रेष्ठले उत्कृष्ट वडा घोषणा हुनु वडावासीको प्रयास र सहभागिताको परिणाम रहेको बताए। “अब प्राप्त बजेटलाई पारदर्शी र प्रभावकारी रूपमा प्रयोग गर्दै गुणस्तरीय निर्माण सम्पन्न गर्ने हाम्रो प्राथमिकता हो।” , उनले भने ।
योजना सुचारु भएपछि सडक पूर्वाधारमा सुधार भई सर्वसाधारणको आवागमनमा सहजता पुग्ने अपेक्षा गरिएको छ। समितिमा चयन भएका सबै सदस्यहरूलाई बधाई दिइएको छ र सबै प्रक्रिया नियमअनुसार अघि बढाइने जनाइएको छ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…