उत्कृष्ट वडा बुङकोटमा पुरस्कार स्वरूप प्राप्त ५ लाखको योजना कार्यान्वयन

समाचार

गोरखा । शहीद लखन गाउँपालिका–७, बुङकोट लाई यही वैशाख २३ गते  गाउँपालिका भित्रकै “उत्कृष्ट वडा” घोषणा गरिएको थियो । पुरस्कार स्वरूप प्राप्त ५ लाख रुपैयाँ बजेटबाट “खाब्दि भञ्ज्याङदेखि वडा कार्यालयसम्मको बाटो ढलान तथा स्तरोन्नती” योजना कार्यान्वयन हुने भएको छ।

उक्त योजना कार्यान्वयनका लागि सञ्जिता श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ भने मदन प्रसाद लम्साल संयोजक रहेको ५ सदस्यीय अनुगमन समिति समेत बनाइएको छ।

वडा अध्यक्ष शरण श्रेष्ठले उत्कृष्ट वडा घोषणा हुनु वडावासीको प्रयास र सहभागिताको परिणाम रहेको बताए। “अब प्राप्त बजेटलाई पारदर्शी र प्रभावकारी रूपमा प्रयोग गर्दै गुणस्तरीय निर्माण सम्पन्न गर्ने हाम्रो प्राथमिकता हो।” , उनले भने ।

योजना सुचारु भएपछि सडक पूर्वाधारमा सुधार भई सर्वसाधारणको आवागमनमा सहजता पुग्ने अपेक्षा गरिएको छ। समितिमा चयन भएका सबै सदस्यहरूलाई बधाई दिइएको छ र सबै प्रक्रिया नियमअनुसार अघि बढाइने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *