Categories: समाचार

मार्खु खोलामा डुबेर एक युवकको मृत्यु

हेटौंडा, मकवानपुर | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खु खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।

बाराको कलैया उपमहानगरपालिका–१ निवासी १८ वर्षीय प्रणय गुप्ता शनिबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। घटनापछि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश कुलेखानीबाट खटिएको टोलीले शनिबार साँझ गुप्ताको शव झरनाको खोँचमा फेला पारेको हो।

सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको नेतृत्वमा परिचालित विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले अन्य सुरक्षा निकायको सहयोगमा शव फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

गुप्ता घुम्नका लागि काठमाडौंबाट आएका ८ जनाको समूहमा सहभागी थिए। उनीहरू ४ वटा मोटरसाइकलमा शनिबार बिहान सो क्षेत्रतर्फ गएका थिए। खोलामा पौडी खेल्ने क्रममा उक्त दुःखद घटना घटेको हो।

स्थानीय प्रशासनले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago